काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरेल शिक्षकलाई सबलीकरण र विद्यालयलाई प्रविधिमैत्री बनाएर लैजाने विषय बजेटमा नसमेटिएको बताएका छन्।
बिहीबार बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘बजेटले सार्वजनिक शिक्षालाई सवलीकरण गर्ने सवालमा बोल्न सक्नुपर्थ्यो त्यो बोलेको देखिएको छैन। विद्यालय शिक्षाको हकमा पनि सम्बोधन भएन,’उनले भने,‘शिक्षकलाई सबल र स्कुललाई प्रविधिमैत्री बनाउनुपर्ने हुन्छ। अहिलेको आवश्यकता हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।