काठमाडौं- नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य यथार्थवादी नभएको बताएका छन्। उनले सरकारले लिएको लक्ष्य पूरा गर्न अर्थशास्त्रीहरु एडम स्मिथ वा मार्सल नै जन्माउनुपर्ने बताए।
उनले भने, 'बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। यसका लागि नयाँ एडम स्मिथ खोज्ने कि मार्सल?' उनले बजेटले भूइँ नटेकेको भन्दै कार्यान्वयन गर्न मुश्किल परेको बताए। अर्थमन्त्री जनार्दन शर्माले यसअघि बजेट १६ खर्बबाट १४ मा झारेको उदाहरण दिँदै प्रश्न गरे, 'यो १० महिनामा के त्यस्तो चमत्कार भयो र १८ खर्बको बजेट ल्याइयो?'
उनले यो बजेटले अर्थतन्त्रको मूलभुत समस्या सम्बोधन नगर्ने आफ्नो निष्कर्ष रहेको बताए। मासिक पुँजीगत खर्च १० प्रतिशत भनिएकोमा अहिले ३ प्रतिशत भन्दा माथि जान नसकेको स्पष्ट पारे।
अर्थमन्त्री माओवादी केन्द्रका नेता शर्मा भए पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेट हुनाले यसले सामाजिक न्यायविनाको विकास अधुरो हुने महशुस गरेको बताए। उनले थपे, 'हामीले मासिक १ सय रुपैयाँबाट सामाजिक सुरक्षा भत्ता दिएर अघि बढ्दा कांग्रेसले कनिका छरेजस्तो बजेट भन्यो। अहिले त्यही आइपुग्नुभएको छ। रुपान्तरण जरुरी महशुस भएको छ।'
विकासको ट्रेन्डसेटर एमाले रहेको समेत बजेटबाट महशुस गरिएको उनलेब ताए। उनले जोखिममा परेको मूल्य संचिति, व्यापार घाटा र सार्वजनिक क्षेत्रमा रहेको दलाल पुँजीवादका कारण श्रम शक्तिमा बढ्दो निराशालाई यसले सम्बोधन नगरेको ज्ञवालीको दाबी छ। उनले भने, 'बजेट पढ्दै जाँदा यी सवैसँग बेखबर र संवदनहीन जस्तो देखियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।