काठमाडौं- नेपालगञ्जस्थित सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिकमा ढुंगामुढा भएको छ।
बिहीबार बिहान धम्बोझी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्ने समूह र प्रहरीबीच झडप भएपछि सेतुको शालिकको तोडफोड प्रयास भएको छ।
केही युवाले सेतु विकको शालिकमा ढुंगा हान्दै तोडफोड गरेपछि प्रहरी पुगेको थियो। प्रहरी पुगेसँगै उक्त समूह भागेको थियो।
सेतु विक जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। उनले २०६३ वैशाख ५ गते नेपालगञ्जमा सहादत प्राप्त गरेकी थिइन्।
त्यसअघि धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएको थियो र स्थिति नियन्त्रणमा लिने क्रममा केही सेल अश्रु ग्यास र हवाई फायर समेत गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
पूर्वराजा शाहको वंशनास भएको दिनको अवसर पार्दै बिहीबार धम्बोजीमा शालिक राख्न खोजिएको थियो। उक्त शालिक राप्रपाले राख्न लागेको पाइएको सिडिओ खत्रीले बताए। यसअघि पनि नेपालगञ्जको भित्रुवन चोकमा पनि पूर्वराजा त्रिभुवनको शालिक राख्न खोजिएको थियो। त्यसबेला पनि शालिक हटाउने प्रयास गरेपछि प्रशासन पछि हटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।