काठमाडौं–राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा सुरु भएको छ।
स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेश तथा संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो।
बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन्। बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेता सहभागी छन्। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो।
बैठक बिहीबारसम्म चल्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।