बाजुरा– बडीमालिका नगरपालिकाले संघीय सरकारको आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। संघीय सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि आइतबार पनि बिदा दिएको थियो।
पहिलो कार्यपालिका बैठकबाट पालिकाबासीलाई उक्त निर्णयले सास्ती थपेको भन्दै हटाउने निर्णय गरिएको हो।
बाजुराको सन्दर्भमा उक्त निर्णय अव्यवहारिक रहेकाले पालिकामा आइतबार पनि कार्यालय तथा विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख अमर खड्काले बताए।
‘दुई दिन सार्वजनिक बिदा हुँदा पठनपाठन, उपचार र सरकारी कार्यालयको कामकाज प्रभावित भइरहेकाले यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘संघीय सरकारले पेट्रोलियम पदार्थको उपभोग घटाउन उक्त निर्णय गरेको हो। बाजुराजस्ता जिल्लाहरुका लागि व्यवहारिक देखिएन। उल्टो सेवाग्राहीले दुःख पाइरहेका छन्।’
जेठ २३ गतेबाट बिदा खारेजीको निर्णय लागू हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।