काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचन सम्पन्न गर्नेगरी तयारीमा लागिसकेको बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘आयोग मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचनको लागि आन्तरिक तयारीमा लागिसकेको छ। कर्मचारी व्यवस्थापनदेखि कार्यविधि बनाइरहेको छ।’
त्यस्तै प्रमुख आयुक्त थपलिया निर्वाचन आयोगलाई चाहिने १२० दिन हो त्यहिअनुसार सरकारलाई सिफारिस गर्ने बताउँछन्।
उनी भन्छन्,‘ हामीलाई चाहिने १२० दिन हो। हामीलाई चाहिने समय राखेर सरकारसँग परार्मश गर्छौं। र सर्वदीय बैठक राख्छौं र निर्वाचन प्रक्रिय अघि बढाउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।