काठमाडौं– अछाम जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि कांग्रेसले गठबन्धन तोडेको छ। एकल बहुमत पुगेपछि एकीकृत समाजवादीसँग निर्वाचनअघि गरिएको सहमति तोडेको हो।
जिससको निर्वाचनमा एकीकृत समाजवादीका दुई सदस्यसहित उपप्रमुख एकीकृत समाजवादीले पाउने पूर्व सहमति रहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारी बताउँछन्।
कांग्रेसले भने जिसस प्रमुखमा ललित कुँवर र उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीलाई दुई सदस्य दिने कुरामा पनि सकारात्मक देखिएको छैन।
अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ। १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ। कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।