काठमाडौं– संसद्को संसदीय सुनुवाइ समिति हेरफेर भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकबाट संसदीय सुनुवाइ समितिमा सभापतिबाहेक अन्य सदस्यहरु हेरफेर गरिएको सभामुखले अग्निप्रसाद सापकोटाले जानकारी दिए।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली ०७५ नियम २५ को उपनियम २ बमोजिम समिति हेरफेर भएको हो।
हेरफेर भएका सदस्यहरुमा अमृता थापा, खगराज अधिकारी, देवप्रसाद गुरूङ, निरु देवी पाल, पुष्पा भुसाल गौतम, भीमसेन दास प्रधान, विशाल भट्टराई, शिवकुमार मण्डल केवल र सुरेन्द्र प्रसाद पाण्डे रहेका छन्।
प्रस्तावित हेरफेरलाई बैठकले अनुमोदन गरेको छ। त्यस्तै संसदीय सुनुवाइ समितिमा राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन र अनुगमन र मूल्यांकन समितिमा पनि हेरफेर भएको छ।
सभापतिबाहेक समिति सदस्यहरूमा अनिलकुमार झा, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, दुर्गा विश्वकर्मा, दुर्गा पौडेल, देवप्रसाद तिम्लसेना, भीम रावल, मातृकाप्रसाद यादव, रामविर मानन्धर र लक्ष्मी परियार रहेका छन। यी नाम पनि बैठकले अनुमोदन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।