काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले चालू खर्च न्यूनीकरण गर्दै पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।
सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘अहिलेको बजेटले नेपालको अर्थतन्त्रलाई परिवर्तन गर्न केही मद्दत पुग्ने छ। यो बजेट कोशेढुंगाा सावित हुनेछ,’ उनले भने, ‘कार्यान्वयनको पाटोको सन्दर्भमा चुनौती छ। त्यसमा सरकारले ध्यान दिनुपर्ने हुन्छ।’
समस्यालाई र चुनौतीलाई समाधान गर्नका लागि राज्यका संयन्त्रलाई कडाइका साथ लैजानुपर्ने भन्दै उनले कमिसन, भ्रष्टाचार र चुहावटलाई ध्यानमा राखेर सरकार निर्ममतापूर्वक प्रस्तुत हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।