काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले दिएको चेतावनीको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जवाफ फर्काएका छन्। प्रचण्डलाई जवाफ फर्काउँदै पौडेलले इतिहासमा कांग्रेसले धेरै हार बेहोरेर पनि देश र जनता बचाउने काम गरेको बताएका हुन्।
गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका पौडेलले प्रचण्डलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा भनेका छन्, 'हामी हार बेहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं!'
बुधबार काठमाडौंमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्दै चेतावनी दिएका थिए। ‘कांग्रेसमा पनि एमालेको जस्तै अहंकार र दम्भ चुलिएर आउने हो कि भनेर चिन्तित छौं,’ प्रचण्डको भनाइ थियो, ‘एमालेलाई ठेगाना लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।