काठमाडौं– स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमालेको कास्की जिल्ला कमिटीले ३ जना कार्यकर्तालाई एमाले निलम्बन गरेको छ।
पोखरा महानगरपालिकाको मेयरका लागि पार्टीका उम्मेदवार कृष्ण बहादुर थापालाई हराउन भूमिका खेलेको आरोप लागेका ३ जनालाई निलम्बन गरिएको एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिएका छन्।
पोखराको निर्वाचनसँग सम्बन्धित रहेर सार्वजनिक भएका अडियो क्लिप र त्यसमा संलग्न व्यक्तिमाथि छानबिन भइ सम्बन्धित कमिटीले स्पष्टीकरण सोधेको अध्यक्ष गुरुङले एक विज्ञप्ति जारी गरी जनाएका छन्।
एमाले जिल्ला कमिटीले पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा कमिटी उपाध्यक्ष महेश अर्याल, पोखरा–३३ अन्तर्गतका पार्टी संगठित सदस्य प्रशान्त अर्याल र पोखरा–२१ का मनोज पहारीलाई पदमुक्त गरेर संगठित सदस्यबाट पनि निलम्बन गरेको हो।
कारबाहीमा परेका ३ जनाले पोखराको मेयरका लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई जिताउने भूमिका खेलेको भन्दै अडियो सार्वजनिक भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।