काठमाडौं– एकीकृत समाजवादीका नेता तथा मुगुका संसद गोपालबहादुर बमले कर्णाली प्रदेशलाई नजिकको प्रदेश मानेर छुट्याइएको बजेटको कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बमले उक्त माग गरेका हुन्।
विगतका सरकारले यसलाई कस्तुरी, डाँफे मात्र बस्छ जस्तो गरेर सोचेकोले विकास हुन नसकेको उनले टिप्पणी गरेका छन्। कर्णालीमा मानव बस्ने गरेको र महँगो जडिबुट्टी त्यहिँबाट आउने गरे पनि विकास भने नपुगेको गुनासो गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।