काठमाडौं- सांसद हृदयश त्रिपाठीले सरकारले पक्षपातपूर्ण रुपमा बजेट ल्याएको टिप्पणी गरेका छन्।
आर्थिक वर्ष २०७९/८० को बजेटमाथि बुधबार संसद्मा सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘साधारण खर्च बढ्दै गएको छ भने विकास खर्च घटेको अवस्था छ,’ उनले भने,‘दीर्घकालीन रुपमा अर्थतन्त्रको अवस्थालाई बिग्रार्ने हिसाबले आएको छ।’
उनले बजेट पक्षपातपूर्ण रहेको भन्दै सरकार सबैको सरकार हुन सक्नुपर्ने बताए।
‘अर्थतन्त्र संकटतर्फ जाँदैछ। अब आउने दिनमा संकट र दुर्घटनाको लागि तयार भएर बसौं,’ उनले भने, ‘सरकारले यस विषयमा सोचेको छ की छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।