काठमाडौं– नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले बजेटको विरोध गरिरहेका नेकपा एमालेका सांसदहरूलाई कर्णालीको भाषामा कटाक्ष गरेकी छन्।
बजेट छलफलमा भाग लिँदै उनले आफ्नै बुद्धि नपुगेर चिप्लिएको एमालेले अहिले अरुले ल्याएको बजेट देखिनसहेको रूपमा उनले कर्णालीमा प्रचलित उखान प्रस्तुत गरेकी हुन्।
उनले भनिन्, ‘आफू बुढी रणी पड्डी, अर्का भुन्या आँखा तड्डी (बुढी आफैं चिप्लिन्छे, आँखा भने अरुलाई तर्छे)।’
एमालेले ढंग पुर्याएको भए यो बजेट उसैले ल्याउने बताउँदै आफ्नै मति नपुगेर चिप्लिएको बताइन्। एमाले त्यसरी चिप्लिएपछि अरुले ल्याएको बजेटको विरोध गरेको उनको भनाइ छ।
उनले थपिन्, ‘दुई तिहाइको सरकार थियो। वर्षवर्ष बजेट ल्याउनुहुन्थयो। ढंग पुर्याएको भए आफैं बजेट ल्याउनुहुन्थ्यो। विरोध गर्ने दिन आउँदैनथ्यो।’
उनले एमालेले बाँदर धपाउने र बिरुवामा पानी हाल्ने बजेट ल्याएको बताउँदै विरोधका लागि विरोध नगर्न आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।