काठमाडौं– पूर्वमन्त्री तथा एमाले संसद भानुभक्त ढकालले सरकारले बजेटमा परिकल्पनाहरू मात्र समेटिएकाे बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ढकालले उक्त टिप्पणी गरेका हुन्।
उनले चितवन एक घण्टामा पुग्ने, चतराबाट सगरमाथा २ घण्टामा पुग्ने भन्ने एउटा सुन्दर परिकल्पना मात्र भएकाले अब चन्द्रलोक पुग्ने बाटोको पनि परिकल्पना गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।