काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको बजेट नितान्त आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको टिप्पणी गरेका छन्।
बुधबार संसद्मा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘अहिलेको बजेटले आमनागरिकको जीवनमा परिवर्तन गर्न सक्दैन। आर्थिक संकट रोक्नेदेखि अन्य कुरामा केन्द्रीत छैन,’ उनले भने, ‘चुनावको खर्च जुटाउनका लागि मात्रै ल्याइएको छ। आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ।’
ठूलो आकारको वितरणमुखी बजेट ल्याए पनि त्यसको स्रोत र आधार के हो भन्ने कुरा बजेटमा प्रष्ट नभएको उनको भनाइ छ। ‘एक घन्टामा चितवन पुग्ने भनिएको छ। त्यसको स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने कुनै उल्लेख छैन,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।