काठमाडौं- सरकारले रुग्ण ८ उद्योग सञ्चालन गर्ने बजेटमार्फत् गरेको घोषणालाई सांसद विमलप्रसाद श्रीवास्तवले चुनौती दिएका छन्।
उनले वीरगञ्जमा रहेका कृषि औजार कारखाना र चिनी मिल सरकारले यही वर्ष फेरि सञ्चालनमा ल्याए आफूले घरघडेरी बेचेर सहयोग गर्ने बताएका हुन्।
बजेटमार्फत् घोषणा गरेर ललिपप देखाउन खोजिएको आशंका गर्दै उनले भने, 'यदि यी दुई उद्योग घोषणा गरेजस्तै यही वर्ष सञ्चालनमा आउँछन् भने म धनी छैन तर मेरो नाउँको घर छ। बेचेर भए पनि। त्यो बेचेर एक डेढ करोड व्यक्तिगत सहयोग गर्ने घोषणा गर्दछु। ललीपप मात्रै देखाउने हो भने केही छैन।'
उनले उद्योग सञ्चालन हुँदा बारा, पर्सा लगायतका किसानलाई टेवा मिल्ने बताए। कृषि औजार उद्योगले देशभरिका किसानलाई लाभ हुने उनको भनाइ छ।
उनले पर्सामा दिइएको बजेटका अन्य कुराहरु कटौती गरेर भए पनि कारखाना सञ्चालन गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।