काठमाडौं- नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ।
काठमाडौंको बत्तिसपुतलिमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम राखिएको हो।
पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख/ उपाध्यक्षसहितका जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न र देशभरमै उत्कृष्ट कामका रुपमा देखाउनका लागि केन्द्रबाट नै प्रशिक्षण कार्यक्रम राखेर प्रशिक्षित गराउन थालिएको हो।
दुई दिनसम्म चल्ने कार्यक्रममा अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।