हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापा देश दौडाहामा सक्रिय बनेका छन्। स्थानीय चुनाव सकिएसँगै थापा पार्टी गतिविधीमा सक्रिय बनेका हुन्।
बुधबार हेटौंडामा "वर्तमानका चुनौती र विकल्प" विषयक अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुँदैछन्। पार्टी अध्यक्ष थापाले बुद्धिजीवी, नागरिक समाजका अगुवा, विभिन्न पेशा, वर्ग, क्षेत्र समुदायका ब्यक्तिहरुसँग अन्तरक्रिया गर्न लागेका हुन्। जनताको माझमा राप्रपा नेपाल अभियान अन्तरगत कार्यक्रम हुन लागेको र यस्तो प्रकृतिको कार्यक्रम सातै प्रदेशमा आयोजना हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
उनका अनुसार यो कार्यक्रम सँगै सबै प्रदेशमा अगुवा कार्यकर्ता भेला पनि संचालन गरिनेछ। केही महिना अघि राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि थापा जनतासँग जोडिने भन्दै देश दौडाहामा निस्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।