काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले इन्डेक्सन चुल्हो वितरणलगायत कृषि क्षेत्रमा ल्याइएका कार्यक्रममा कर्मचारी र बिचौलीयाको चलखेल अहिलेदेखि सुरु भइसकेको भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘प्रत्येक घरमा एउटा विद्युतीय चुल्हो दिने भनेर कार्यक्रम राखिएको छ। यसमा अहिलेदेखि नै कर्मचारी र बिचौलीयाले चलखेल गर्न लागिसके,’ उनले भने, ‘त्यो चुल्हो कहाँबाट ल्याउने कति कमिशन आउँछ भनेर चक्कर लगाउन थालिसके।’
उनले कृषि मन्त्रालयमा नै सबैभन्दा बढी भ्रष्टाचार र कमिशनको खेल हुने भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।