काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको बजेटको गन्तव्य नै यकिन नभएको टिप्पणी गरेका छन्। बजेट चौबाटोमा उभिएको भन्दै भट्टराईले कता जाने हो भन्ने गन्तव्य नै थाहा नभएको टिप्पणी गरे।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटको सिद्धान्तमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले भने, ‘यसपटक अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा ब्रिफकेस तोडफोड भएन। संसद्का कुर्सी भाँचिएनन्। शान्तपूर्वक पढ्न पाउनुभयो। सायद हाम्रो लोकतन्त्र परिपक्क हुँदैछ। यो बजेटको प्राथमिकताहरु गन्तव्य कता हो भन्ने कुरा उठाइरहेका छौं।’
शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरिएको भन्दै सांसद भट्टराईले किन कटौती गरिएको हो भन्ने विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताए।
‘अलमलिएर बस्छ। मुलुकलाई कुनै हित हुनेवाला छैन,’ उनले भने, ‘शिक्षा स्वास्थ्यको बजेट कटौती भएको छ यो किन गरिएको हो, अर्थमन्त्रीले जवाफ दिनुपर्दैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।