काठमाडौं– पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले बजेट उत्कृष्ट रहेको भन्दै कार्यान्वयनमा कुनै समस्या नहुने दाबी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘बजेट राम्रो छ। कार्यान्वयन हुनलाई कुनै समस्या भोग्नुपर्दैन। अपेक्षाकृत लक्ष्य हासिल गर्नसक्ने मैले विश्वास लिएको छु,’उनले भने, ‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नै पछ्याएर बजेट आएको छ।’
उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना गर्ने लगायतका कुराहरू राखिएको भन्दै सरकारले बजेट यर्थाथपरक नै रहेको उनको भनाइ छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने भनि उल्लेख बजेट राम्रो भएको उनले बताए।
‘रोजगार र स्वरोजगार बनाउने बजेट आफैंमा महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘निर्यात दोब्बर गर्ने कुरा र आयतलाई २० प्रतिशतले घटाउने कुरा झन राम्रो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।