काठमाडौं– पूर्वअर्थमन्त्री एवम् नेकपा एमाले सांसद विष्णु पौडेलले सरकारले ल्याएको बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्रजस्तो भएको टिप्पणी गरेका छन्।
सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘पूर्ण निर्वाचित सरकार जसरी बजेट प्रस्तुत गरेको छ। आगामी पाँच महिनाका लागि दैनिक सञ्चालन खर्च, चुनावमा केन्द्रित हुनुपर्दथ्यो,’ उनले भने, ‘संकटमा अर्थतन्त्रका चुनौतीलाई वेवास्ता गरिएको छ। सस्तो लोकप्रियताका लागि बजेट ल्याइएको छ।’
उनले बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो भएको बताए। ‘चुनावलाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको जस्तो छ। राज्यको स्रोतलाई आफ्ना मतदाता रिझाउने काम भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।