काठमाडौं– काठमाडौं महानगरकका नवनियुक्त मेयर बालेन शाहलाइ वडा नम्बर २९ का वडाध्यक्ष कुस ढकालले 'म' नभनेर 'हामी' भन्दै टिममा काम गर्न सुझाव दिएका छन्। त्यसरी काम गर्दा आफूहरुको पनि साथ रहने बताउँदै उनले महानगरलाई बनाउन सुरु गर्ने समय आएको बताए।
वडाध्यक्ष ढकालले भने, ‘म नभनौं, हामी भनौं । म भनेर लोकप्रिय नबनौं। महानगर बनाउन साथ दिन तयार छौं।’ काठमाडौं जानी–जानी बिगारिएको भन्दै उनले बनाउन सुरु गर्नुपर्ने बताए।
उनले आमुल सुधार जरुरी भएको बताउँदै बजेट बनाउनेदेखि कार्यान्वयन गर्ने सम्मका कुरामा ध्यान दिनुपर्ने बताए। उनले थपे, ‘लोकप्रिय कुरा गरेर हुनेवाला केही छैन। आमुल सुधार हुनुपर्छ।’
उनले वडा कार्यलयले २० करोड उठाउने, तर १० लाख रुपैयाँका लागि समेत मेयर र प्रशासकीय प्रमुखलाई चाकडी गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले उठाएको रकमको २० देखि ४० प्रतिशत रकम वडाले नै खर्च गर्न पाउनुपर्ने समेत बताए।
उनले भने, ‘वडाले २०सौं करोड उठाउने, तर ५० लाख र १० लाख माग्न पनि चाकडी गर्नुपर्ने अवस्था छ।’ उनले नबनेका वडा भवन प्राथमिकतामा राखेर बनाउनुपर्ने सुझाव पनि शाहलाई दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।