काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर कार्यपालिकाको पहिलो बैठकमा ६ प्रस्ताव राखेका छन्। उनले जनताका समस्या तुरुन्तै रेस्पोन्स गर्नेदेखि एम्बुलेन्स सञ्चालनसम्मका प्रस्तावहरु अगाडि सारेका छन्।
उनले पहिलो बैठकमा भौतिक पूर्वाधर एम्बुलेन्स सुरु गर्नेदेखि जनताकका समस्या समाधान गर्ने कल सेन्टरको प्रस्ताव राखेका छन्।
यसैगरी सडकमा खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने काम तुरुन्तै अघि बढाउने उनको प्रस्ताव छ। यसैगरी आमजनका समस्या समाधानका लागि कल सेन्टर बनाउने र त्यहाँ कुरा पुगेपछि तत्काल रेस्पोन्स गर्ने उनको प्रस्ताव छ।
काठमाडौं महानगरका रेस्टुरेन्टहरुका शौचालय आमजनले निःशुल्क प्रयोग गर्न पाउने प्रस्ताव पनि उनले राखेका छन्। उनले केही चेन रेस्टुरेन्टहरुसँग आफूले कुराकानी समेत गरिसकेको बैठकमा जानकारी दिए।
यसैगरी काठमाडौंको फोहोर व्यवस्थापनलाई समेत उनले पहिलो बैठकमा प्रस्तावका रुपमा अघि सारेका छन्। काठमाडौंको फोहर व्यवस्थापन नभएसम्म आफूले खादा र माला नलगाउने उनले घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।