काठमाडौं- बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसदहरु डा. डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले सोमबार संघीय संसद प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
आठ वर्ष अगाडिको एक सौन्दर्य प्रतियोगितामा सहभागीमाथि बलात्कारको घटना सार्वजनिक भएपछि हदम्यादको विषय पेचिलो बनिरहेको छ।
हदम्यादका कारण पीडितले न्याय नपाउने अवस्था आएकोले उक्त कानुन संशोधन गर्न माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरिएको हो।
संकल्प प्रस्तावमा, ‘मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्याद सम्बन्धी ब्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा त्यस्तो उजुरी दर्ता गरी अनुसन्धान गर्न सक्ने गरि कानुन संशोधन गर्न’ माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।