काठमाडौं– सत्ता गठबन्धनका दलहरुको बैठक आज (सोमबार) बस्दै छ। दिउँसो २ बजे सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो।
स्थानीय तहको निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
आजको बैठकमा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन लगायत बजेटका विषयमा छलफल हुने बताइएको छ। गठबन्धन दलले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।