धनगढी– सुदूरपश्चिम प्रदेश सभाको १०औं अधिवेशन आज (सोमबार)देखि सुरु हुँदै छ। प्रदेश मन्त्रिपरिषद्ले सोमबार दिउँसो ३ बजे बस्ने गरि अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेपछि १०औं अधिवेशन सुरु हुन लागेको हो।
१०औं अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर सुनाउनेछन्। सभामुखले अहिलेसम्म सभाबाट पारित भइ प्रमाणिकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा रहेको छ। यस्तै, आर्थिक मामिला मन्त्रालयले बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफलका लागि समय माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।