काठमाडौं– उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले बजेट सकारात्मक भएको दावी गरेका छन्। उनले बजेटमा धेरै महत्वाकांक्षी कार्यक्रमहरू समावेश नभएको र कार्यान्वयन गर्न सकिने कुराहरू नै समेटिएकाले यसले परिर्वतन गर्ने बताए।
‘विदेशीले अपार्टमेन्ट खरिद गर्न पाउने कुरा सकारात्मक छ,’ उनले भने ‘रोजगारमा वृद्धि गर्ने लक्ष्य लिएको छ। यसलाई कार्यान्वयन गर्न सक्ने हो भने राम्रो हुने छ।’
बजेट धेरै महत्वाकांक्षी नभएको भन्दै चौधरीले नियन्त्रण गर्नुपर्ने खर्च नियन्त्रण गरिएको, कर संकलनलाई फराकिलो पारिएको र कर दायरा बढाउने प्रयास पनि गरेको दावी गरे।
‘बजेट नयाँ सोच र अहिलेको समय अनुकूल बनाउने प्रयास भएको छ,’ उनले भने, ‘यो कार्यान्वयन हुने हो भने निकै सकारात्मक परिर्वतन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।