काठमाडौं- नेकपा एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्ष २०७९/८०का लागि सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन्।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा बजेट पेस गरेपछि प्रतिक्रिया दिँदै एमाले नेतासमेत रहेका सांसद अधिकारीले यसको कुनै विश्वसनियता नभएको भन्दै कार्यान्वयन गर्न नल्याइएको टिप्पणी गरे। ‘बजेटमा आर्थिक संकटलाई सम्बोधन गर्न सकिएको छैन ’, उनले भने, ‘सुशासन कायम गर्न सकेको छैन। बृद्धभत्तामा कनिका छरेको कार्यक्रम भनिन्थो तर अहिले उमेर घटाइएको छ।’
स्वास्थ्य बिमा कार्यक्रम अहिले निजी क्षेत्रलाई दिएर गम्भीर खेलवाड गरेको भन्दै उनले कुनै पनि कुरामा सरकारले सम्बोधन गर्न सकेको नदेखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।