काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन्। संसद् बैठकबाट बाहिरिने क्रममा उनले गरिब देशमा नागरिकलाई आर्थिक भार थोपर्न आफूले भत्ता नलिने घोषणा गरेका हुन्।
उनले आफू पनि ६८ वर्ष पुगेको र सामाजिक सुरक्षा भत्ता लिने उमेर पुगेको चर्चा गरेका थिए। तर, त्यससँगै भत्ता नलिने घोषणा पनि गरेका हुन्।
उनले सामाजिक सुरक्षा भत्ता वितरणको लागि उमेर घटाउन आवश्यक नभएको बताए। छरिएर होइन, एकीकृत सामाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।