काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।
सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ।
बैठकले संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ। सरकारले आइतबार नै आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ।
दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।