काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण पेश हुन पाएको थिएन।
शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भएलगत्तै मन्त्री शर्माले आर्थिक सर्वेक्षण पेश गरेका हुन्।
नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।