काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेकलगायतको भूभाग नेपालको भएको दाबी गरे।
उनले यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक लिपुलेकका बारेमा सरकारको जवाफ माग गरेका थिए। उनले प्रधानमन्त्री देउवालाई जवाफ दिन भनेका थिए। त्यस्तै उनले नेपाल सधै एक चीन नीतिका पक्षमा रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।