काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ विमानस्थलका विषयमा सर्वोच्चको फैसला अनुसार अध्ययन गरि निर्णय लिइने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले यस्तो बताएका हुन्।
निजगढलाई सरकारले नीति तथा कार्यक्रममा अघि बढाउदै यो वर्ष राष्ट्रिय महत्वको परियोजनाअन्तर्गत काम गर्ने भनेको थियो। तर सर्वोच्च अदालतले बिहीबार विमानस्थलको निर्णय बदर गर्ने फैसला सुनाएको थियो । फैसलाको पूर्णपाठ सार्वजनिक नभए पनि सर्वोच्चको यो फैसला अहिले चर्चा र विवादको केन्द्रमा रहेको छ। सर्वोच्चको फैसलाका बारेमा प्रधानमन्त्रीले संसदमा पहिलो टिप्पणी गरेका हुन्।
यस्तै, सहकारी क्षेत्रको परिचालन गर्दै रोजगारी वृद्धि गर्ने कुरामा सरकारले विश्वास गरेको उनले बताए। खानेपानी र पूर्वाधार आवश्यक समयमा सम्पन्न गर्न सरकारले काम गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।