काठमाडौं- सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिइरहेका छन्। प्रतिनिधि सभाको जारी बैठकमा उनले निर्वाचन शान्तिपूर्ण भएको बताए।
एमालेका सांसद्हरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन नसकेको आरोप लगाएका थिए। त्यसलाई प्रधानमन्त्री देउवाले जवाफ फर्काएका हुन्। उनले देशभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण कुरा भएको बताए।
'साधन र स्रोतको सिमितताका बीच पनि निर्वाचन समग्रतामा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ। छिटपुट घटनालाई निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु लिएर उपयुक्त हुदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।