काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले आगामी आर्थिक वर्षको बजेटका विषयमा अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ। शनिबार बिहान अर्थमन्त्रीसँग भेटेका सभामुख सापकोटाले बजेटका विषयमा जानकारी दिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार सभामुख सापकोटा र अर्थमन्त्री सभामुखबीच सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा भेट भएको हो। आगामी आर्थिक वर्षको बजेट र त्यसको प्राथमिकताबारे अर्थमन्त्री शर्माले जानकारी गराएका हुन्।
उक्त अवसरमा सभामुख सापकोटाले संघीय संसद्को बजेटसँग जोडिएका विषयमा स्मरण गराएका थिए।
उक्त अवसरमा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।