• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालेन र हर्कको जितप्रति प्रचण्डको टिप्पणी– गणतन्त्रको फूलबारीमा नयाँ फूल फक्रिए

64x64
नेपाल लाइभ शनिबार, जेठ १४, २०७९  १२:४९
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका उम्मेदवार मात्रै स्वतन्त्र उम्मेदवार भएको टिप्पणी गरेका छन्। दलको चुनाव चिह्नभन्दा बेग्लै चुनाव चिह्न लिएर जिते पनि अरु ठाउँका उम्मेदवारलाई स्वतन्त्र भन्न नमिल्ने प्रचण्डको भनाइ छ। 

प्रतिनिधि सभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, 'वडो विशिष्ट ढंगले दुईटा पात्र, काठमाडौंको मेयरमा र धरानको मेयरका जो विजयी हुनुभयो, उहाँहरु साँचो अर्थमा स्वतन्त्र रुपमा आउनुभयो र कोही पार्टी उहाँहरुका पछाडि, पार्टीका नेता/कार्यकर्ता उहाँहरुका पछाडि  लागेर हिँडेको देखिएन।बाँकी मैले देखेको उहाँहरु स्वतन्त्र भनिए पनि उहाँहरु स्वतन्त्र होइन, पार्टी नै हो।'

जनकपुर र धनगढी उपमहानगरपालिकाको उदाहरण दिँदै प्रचण्डले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका उम्मेदवारको पछाडि पार्टीका नेता/कार्यकर्ता देखिएको बताए।  

'जनकपुरको तपाईं हामीले हेर्‍यौं। मेयर जसले जित्नुभयो नेपाली कांग्रेसका वरिष्ठ नेतादेखि कार्यकर्ताहरु सबै विजय र्‍यालीमा हिँड्नुभएको छ। कसरी स्वतन्त्र?,' प्रचण्डले भने, 'धनगढीकै कुरा गरौं, कसरी स्वतन्त्र? पार्टीकै मान्छे लागिरहेका छन्। तर, काठमाडौंको मेयर र धरानको मेयरका उम्मेदवार चाहिँ अलि विशिष्ठ ढंगले प्रस्तुत हुनभयो।'

स्वतन्त्र उम्मेदवारको विजयलाई राजनीतिक दलका लागि चुनौतीको रुपमा विश्लेषण गर्ने गरिए पनि आफूलाई त्यस्तो नलागेको प्रचण्डको भनाइ छ।  

nimb
nimb
Ncell 2
Ncell 2

'यल्लाई विभिन्न ढंगले हेरिएको छ। एकथरीको भनाइ छ कि यो राजनीतिक दलहरुका निम्ती राम्रै झापड हो भनेर आइराख्या छ, केही बुद्धिजीविहरुका टिप्पणी। राजनीतिक दलहरुलाई चुनौती हो भनेर पनि आइराख्या छ,' प्रचण्डले भने।  

स्वतन्त्र उम्मेदवारहरुको जितले दलहरुलाई आफ्न नीतिमा पुनर्विचार गर्नुपर्ने, सच्याउनुपर्ने र समीक्षा गर्नुपर्ने सन्देश भने दिएको प्रचण्डको भनाइ छ। 'राजनीतिक दलहरुले आफ्ना नीतिहरुमा पुनर्विचार गर्नुपर्ने, सच्याउनुपर्ने,  समीक्षा गर्नुपर्ने, उम्मेदवार छनौट गर्दा त्रुटी भएको छ भने त्यसलाई सच्याउनेमा ध्यान दिनुपर्ने पक्कै बनाएको छ। तर, यो राजनीतिक दललाई चुनौती नै हो भनेर बुझ्नु चाहिँ हुँदैन।'  

संघीय लोकतान्त्रिक गणतन्त्रकै फूलबारीभित्र काठमाडौं र धरानमा नयाँ फूलहरु फक्रिएको प्रचण्डको भनाइ छ। 

'म चाहिँ के भन्छु भने काठमाडौं र धरानमा जुन विचार, प्रवृतिसहित जुन संकल्पसहित २ जना युवाहरु जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो चाहिँ विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारी भित्र काठमाडौं र धरानमा फेरि नयाँ फूलहरु फक्रिएको जस्तो ठान्छु म चाहिँ,' प्रचण्डले भने, 'फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्रकै हो।  यही संविधानकै फूलबारी भित्र।' 
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ)
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
सम्बन्धित सामग्री
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । मंगलबार, वैशाख २९, २०८३
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी प्रतिनिधि सभामा बोल्दै उनले सरकारद्वारा सार्वजनिक हालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रमबीच धेरै बुँदा मिल्दोजुल्द... मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) मंगलबार, वैशाख २९, २०८३
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी मंगलबार, वैशाख २९, २०८३
खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको ध्यानाकर्षण मंगलबार, वैशाख २९, २०८३
संसदमा ‘प्रचण्ड’को भावुक सम्बोधन, जनयुद्धको स्मरण गर्दै सुकुम्वासी बस्ती हटाएकोप्रति आपत्ति (पुर्णपाठ) मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्