काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मूल्यवृद्धि रोक्नेतर्फ गम्भिर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले यस्तो बताएका हुन्।
‘महँगी बढेको बढ्यै छ। भान्साबाट विद्रोह हुने परिस्थिति बढिरहेको छ,’ उनले भने, ‘सरकारले यसको नियन्त्रणका लागि ध्यान दिनुपर्छ।’
दिन प्रतिदिनको पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छ त्यसले थप जटिल समस्या ल्याउने उनको भनाइ छ। उनले प्रधानमन्त्रीलाई पेट्रोलियम पदार्थमा कर छुट दिएर भए पनि मूल्यवृद्धि रोक्न आग्रह गरे।
‘करमा छुट दिएर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ। सरकारकालाई मैले आग्रह गर्दछु। सरकारलाई भन्न चाहन्छु मैले प्रधानमन्त्रीलाई भनेको पनि छु। उहाँले गम्भिर रुपमा लिनुहुन्छ होला,’ उनले भने, ‘यसतर्फ ढिला नगरी काम गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।