काठमाडौं– सवारी दुर्घटनामा परेर घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको सिटी स्क्यान रिपोर्ट सामान्य आएको छ।
शुक्रबार रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो। दुर्घटनापछि उनलाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पताल लगिएको थियो।
दुर्घटनामा दाहालको टाउकोमा सामान्य चोट लागेको र सिटी स्क्यानमा घाऊ बाहिरी छालामा मात्रै भएको देखिएकोले डिस्चार्जको तयारी गरिएको रेणुकी बहिनी गंगा दाहालले जानकारी दिएकी छन्।
गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।