काठमाडौं- नेकपा माओवादी केन्द्रकी सांसद ओनसरी घर्तीमगरले प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विषयवस्तुमा केन्द्रीत नभइरहेको बताएकी छन्।
छलफलमा भाग लिने क्रममा उने यस्तो बताएकी हुन्। ‘छलफलको रुझान हेर्दा कुण्ठा र आक्रोश देखिएको छ भने अर्कोतर्फ विषयवस्तुमा केन्द्रीत भएको छैन,’ उनले भनिन्, ‘जनताका प्रतिनिधिको सार्वभौम थलोलाई विषय केन्द्रीत बनाउन म आग्रह गर्न चाहन्छु।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारभुत रुपमा सही विषय नै समेटिएको जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।