काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् सांसद माधवकुमार नेपालले निर्वाचन निकै खर्चिलो भएको भन्दै यसको सुधार हुनुपर्ने बताएका छन्। सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल गर्दै उनले यस्तो बताएका हुन्।
‘निर्वाचन खर्चिलो भएको छ। निर्वाचनमा पैसाको वितरण, भोजभतर गर्ने काम भइरहेको छ,’ उनले भने, ‘एकपछि अर्को बीबीचमा प्रतिस्पर्धा छ। कसले भोज खुवाउने, कसले मानिसलाई किन्ने प्रतिस्पर्धा छ। यसले भ्रष्टाचार हुन्छ। भ्रष्टाचार गरेको पैसा चुनावमा खर्च गर्ने अनि जितेपछि पुनः भ्रष्टाचार गर्ने प्रवृति मौलाउँछ।’
उनले सरकार, निर्वाचन आयोगदेखि राजनीतिक दल सबैले खर्चिलो निर्वाचन प्रणालीलाई सुधारका लागि पहल अघि बढाउनुपर्ने बताए।
‘राज्य सत्तामा बसेकाहरूले ध्यान दिनुपर्यो। निर्वाचनमा पैसाको भूमिका होइन विचारको भूमिका हुनुपर्दछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।