काठमाडौं– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो। दुर्घटनापछि उनलाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पताल लगिएको छ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा चोट छ। पाँचवटा टाँका लगाइएको छ। अन्य अवस्थाबारे भने चेकजाँच भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।