काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्लाई आरोप प्रत्यारोपको थलो बनाउन नहुने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन्।
‘आरोप र प्रत्यारोपले हामीलाई कहीँ पुर्याँदैन। यो थलो पनि होइन। यो दिशातिर लैजानुपनि हुँदैन,’ उनले भने, ‘यहाँ त देश र जनताको विषयमा गम्भीर छलफल गर्नुपर्छ। सबैले आ–आफ्ना कमजोरीको आत्मसमीक्षा गर्नु जरुरी देखिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।