काठमाडौं– नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नेकपा एमालेका नेताहरुलाई आफ्नो पार्टीसँग कुण्ठा राखेर केही नहुने बताएका छन्।
संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा एमालेका नेताहरुले दिएको अभिव्यक्तिको प्रतिक्रिया दिँदै रिजालले यस्तो बताएका हुन्।
‘हामीसँग किन कुण्ठा पोख्नुहुन्छ? हारलाई स्वीकार गर्न सक्नुस न,’ उनले भने, ‘हाम्रा कारणले त केही भएको हैन। गठबन्धन गरेर बहुमत ल्याउनु भएकै हो, टिकाउन सक्नुभएन।’
उनले एमालेले आफ्नै पार्टी जोगाउन नसकेको भन्दै आफैंलाई हेर्न अनुरोध गरे। ‘आफूलाई के बदल्नु हुने हो बदल्नुस्। हारे पनि खुट्टा माथि नै छ भन्न खोज्नु भएको हो भने भन्नु केही छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।