• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालेनको लौरोबाट 'सेकाउन' जनताको साथ, टेकाउन कसको?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १३, २०७९  १५:२६
1140x725

काठमाडौं- गत वैशाख १७ गते बालेन शाहले चुनाव चिह्न लौरो प्राप्त गरेपछि भनेका थिए, 'बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टलाई सेकाउन मिल्ने।' काठमाडौं महानगरको मेयर बनेर बालेनले उक्त 'लौरो' को उपयोग गर्नुअघि नै काठमाडौंबासीले त्यसलाई प्रयोग गरिसकेका छन्।

बालेनको लौरोबाट महानगरका मतदाताले आफूलाई निर्विकल्प ठान्ने ठूला दल र अरुलाई प्रतिस्पर्धीकै रुपमै स्वीकार्न नचाहने ती दलका उम्मेदवारलाई 'कोर्रा' हानेका छन्।

दललाई सेकाउन जनताको साथ
उक्त लौरोको पहिलो सेकाइ दलहरुलाई मिलेको छ। दलहरुलाई सेकाउने लौरो अब टेकाउने ठाउँमा पुगेको छ। फोहर, अव्यवस्था र अनियमितताले थिलथिलो बनेको काठमाडौंले त्यही लौरो टेकेर विश्वका व्यवस्थित सहरसँग म्याराथन गर्ने सपना देखेको छ। 

मेयरमा निर्वाचित भएपछि शाहले काठमाडौंलाई उत्कृष्ट सहर बनाउने घोषणा पनि गरेका छन्। उनले भनेका छन्, 'यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन। काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, पूर्ण विकसित विश्वको उत्कृष्ट सहर बनाउन आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्नेछु।'

आफू जन्मेहुर्केको सहर र त्यही सहरबाट चल्ने देशको राजनीतिप्रति बालेनको तीव्र रोष थियो। उनले त्यसलाई सुरुमा र्‍याप गीतमार्फत् पस्के। 

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेनले आफूभित्रको आगो संगीतमार्फत् प्रस्तुत गर्ने क्रममा 'बलिदान', ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’जस्ता गीत सार्वजनिक गरे। जहाँ देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।

'बलिदान' नामक गीतमा उनले राजनीतिक दलका नेता र पार्टीप्रति आक्रोश पोखेका छन्: 
‘नेता जति सबै चोर देश लुटी खा’ छन्,
खाने बेला एक, गर्ने बेला फुटिरा’छन्
नांग्रेस, नेमाले, नाओवादी
सबै मिली देश खाउँ बाँडी हामी’

राजनीतिक दलहरुका क्रियाकलापबाट चिसिरहेको आमजनको मनमा बालेनले बालेको आक्रोश आगोले न्यानो जगायो। स्थानीय तहको निर्वाचनबाट काठमाडौंले बिद्रोह गर्‍यो। 

nimb
nimb

बालेनको खातामा पुगेका ६१ हजार ७ सय १७ मत बिद्रोह र भरोसाको दोभान हो। इन्जिनियरिङमा स्नातकोत्तरसमेत गरेका बालेनमाथि कतिले काठमाडौं बदल्ने उनको सपनामाथि भरोसा गरेकका छन्। कतिपयले राजनीतिक दलले आम मतदातामाथि गरेको अपमानको बदला लिएका छन् भने कतिपयले सुध्रिनका लागि चेतावनी दिएका हुन्। 

राजनीतिक दलहरुले पनि यस्तो महशुस गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दलहरुमाथि जबर्जस्त दबाब परेको स्वीकार्छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'काठमाडौं महानगरमा बालेनको विजयले हामी (राजनीतिक दल)लाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ।' 

राजनीतिक विश्लेषक केशव दाहाल दलहरुलाई मतदाताले दिएको चुनौतीका रुपमा यसलाई बुझ्नुपर्ने बताउँछन्। उनी भन्छन्,  'दलहरु तिमीहरु सुध्र। तिमी सुध्रिदैनौं भने नेपाली जनताको विश्वास आर्जन गर्ने योग्यता गुमाउँछौ। जनताले अर्को विकल्प खोज्छन् भन्ने सन्देश यसले दिएको छ।'

काठमाडौं, धरान र धनगढी फगत निर्वाचन क्षेत्र नभएर विशेष ठाउँसमेत रहेको उनी बताउँछन्। 'काठमाडौं संघीय राजधानी हो। यसको महत्त्व छ। दलहरुको राजधानी जित्ने मनोविज्ञान हुन्छ। चियाको कपमा आएको तुफान हो भने भुल हुन्छ। ठूलो राजनीतिक अर्थ छ,'  उनले थपे। 

टेकाउन सबैको साथ
आम मतदाताले लौरोलाई 'सेकाउन' प्रयोग गरे। यसलाई सेकाउनका लागि सबैले आफ्नो तहबाट मेयर शाहलाई सघाउनु पर्ने राजनीतिक दलका नेताहरु नै बताउँछन्।

कांग्रेस महामन्त्री शर्मा 'बालेन एक्लै हुन् वा एक्लै छन्' नसोचेर जनताबाट निर्वाचित मेयरलाई सघाउनुपर्ने बताउँछन्। कसैलाई पराजित नगरेर जनताको विश्वास जितेकाले सघाउनुपर्ने उनको भनाइ छ। 

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन्। प्रतिबद्धता अनुरुप काठमाडौंलाई उत्कृष्ट सहर बनाउने लगायतका सबै असल कार्यमा आफ्नो पार्टीको सहयोग एवं सहकार्य गर्न तत्पर रहेको प्रष्ट पारेका छन्। 

‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ,’  नेपालले भनेका छन्। 

नेकपा एमालेबाट उपमेयर जितेकी सुनिता डंगोले आफू विकास र राम्रो कामकका लागि बाधक नबन्ने बताएकी छिन्। फरक पार्टीबाट निर्वाचित डंगोलले शाहलाई काममा बाधा उत्पन्न गर्न सक्ने आशंका भइरहँदा उनले यस्तो घोषणा गरेकी हुन्। 

नतिजा घोषणापछि राष्ट्रिय सभागृहबाट बाहिरिँदै उनले भनिन्, 'युवाहरुले हामीमा आशा देख्नुभएको छ। हामी खुट्टा तान्ने प्रवृत्तिमा लाग्नहुँदैन। म विकास र राम्रो काममा बाधक बन्नेछैन। हामी सबैजना एक ढिक्का भएर काममा लाग्नुपर्छ।'

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्