काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् सांसद ईश्वर पोखरेलले निर्वाचनको समयमा नेकपा एमालेका नेता कार्यकर्तालाई आतंकित पार्ने काम सरकारबाट भएको दाबी गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबार प्रतिनिधि सभामा छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘स्थानीय निर्वाचनको सन्दर्भमा गठबन्धन सरकारले जसरी शान्तिपूर्ण भयो भनेर दाबी प्रस्तुत गरेको छ। त्यो दाबी अत्यन्त गलत छ,’ उनले भने, ‘विभिन्न ठाउँमा सत्ताधारी गठबन्धनले निर्वाचन पूर्व, निर्वाचनको मतदान, परिणामका क्रममा भएका पक्षपात पूर्ण व्यवहार, हिंसात्मक भएका छन्। आरोप मात्रै होइन तथ्यहरु पनि छन्। रुकुम पूर्व, ताप्लेजुङ्ग, उदयपुर लगायतका ठाउँमा एमाले कार्यकर्ताको हत्या हुनेसम्मको काम भयो।’
धेरै जिल्लामा सरकारद्वारा सिर्जित आतंकले एमालेका मतदतालाई आतंकित पार्ने काम भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।