काठमाडौं–नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ। सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्हरुले बैठकमा अवरोध गरेका थिए।
उक्त बैठक पुनः सुरु भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्हरुले सुरुमा नियमापत्ति गरेका थिए। एमाले सांसद खगराज अधिकारीले सुरुमा आपत्ति जनाएका थिए।
अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए। लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरु उठेका थिए।
प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डवाट हटाउन माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।