काठमाडौं– काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता डंगोले आफू विकास र राम्रो कामकका लागि बाधक नबन्ने बताएकी छन्। मेयरमा निर्वाचित बालेन शाह स्वतन्त्र उम्मेदवार हुन्। एमालेबाट निर्वाचित डंगोलले शाहलाई काममा बाधा उत्पन्न गर्न सक्ने आशंका भइरहँदा उनले यस्तो घोषणा गरेकी हुन्।
नतिजा घोषणापछि राष्ट्रिय सभागृहबाट बाहिरिँदै उनले भनिन्, 'युवाहरुले हामीमा आशा देख्नुभएको छ। हामी खुट्टा तान्ने प्रवृत्तिमा लाग्न हुँदैन। म विकास र राम्रो काममा बाधक बन्नेछैन। हामी सबैजना एक ढिक्का भएर काममा लाग्नुपर्छ।'
उनले निर्वाचनको नतिजासँगै जितहारको मानसिकता त्याग्नुपर्ने बताइन्। भनिन्, 'मैदानमा आइसकेपछि कोही अघि, कोही पछि हुन्छ। अब हामी जितहार मानसिकता भन्दा माथि उठ्नुपर्छ। हामीले सोचेको जस्तै व्यवस्थित काठमाडौं बनाउनुपर्नेछ। जीवन्त राजधानी बनाउनुपर्नेछ। हामीले साँच्चिकै कान्तिपुरी नगरी बनाउने हो भने मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुका साथै कर्मचारीहरु समेत एक ढिक्का भएर काम गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।