काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'ले राजनीतिक दलहरु र राजनीतिमा पदप्रति आशक्ति बढ्दै गएको टिप्पणी गरेका छन्।
सहिद कृष्णसेन इच्छुकको २०औं स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै दाहालले अहिले विगतमा जस्तो त्याग नदेखिएको टिप्पणी गरे।
दाहालले कृष्ण सेन पत्रकार, साहित्यकार मात्र नभई त्याग र बलिदानको पनि क्रान्तकारी नेता भएको दाबी गरे। उनले इच्छुकबाट त्याग गर्ने कुरा सिक्नु पर्ने बताए।
क्षणिक व्यक्तिगत स्वार्थका लागि अस्वस्थ प्रतिस्पर्धामा नेपाली समाज गइरहेको प्रचण्डको भनाइ छ।
‘अहिले पद पाउन वा आफूले केही लाभ हुन्छ भने क्षणिक व्यक्तिगत स्वार्थ पूर्ति हुन्छ भने त्यसका लागि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ’, दाहालले भने, ‘तर, कृष्णसेनले आफूलाई सँधै अरुलाई अवसर दिनुस् भनेर प्रेरणा दिनु भएको थियो।’
इच्छुकलाई सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।